खेल रद्द भएपछि नेपाल यू-१९ विश्वकप छनोटबाट बाहिरियो, क्यान र आईसीसीविरुद्ध समर्थकको नाराबाजी-Sutra News

खेल रद्द भएपछि नेपाल यू-१९ विश्वकप छनोटबाट बाहिरियो, क्यान र आईसीसीविरुद्ध समर्थकको नाराबाजी

शनिबार, ६ बैशाख २०८२

शनिबार, ६ बैशाख २०८२

काठमाडौं । आईसीसी यू–१९ विश्वकप एसिया छनोट अन्तर्गत नेपाल र अफगानिस्तानबीचको खेल रद्द भएर नेपाल विश्वकपबाट वञ्चित भएपछि समर्थकहरू आक्रोशित बनेका छन् ।



बिहानैदेखि मैदानमा उपस्थिति जनाएका समर्थकहरू मैदान सुकाउने काम भइन्जेल खेल सुरु हुनेमा आशावादी थिए । एक समय घाम लागेर खेल सुरु हुने संकेत देखिएपनि मैदान पूर्णरूपमा तयार नहुँदा खेल हुन सकेन ।

खेल रद्द भएपछि समर्थकले क्यान, एसीसी र आईसीसीविरुद्ध नारा लगाउँदै खेल गराउन नसकेको आरोप लगाएका हुन् ।

समुर्थकहरू आक्रोशित बनेपछि प्रहरी नै पुगेर सम्झाउनुपरेको थियो । त्यसपछि प्रहरीहरूले होहल्ला गर्ने समर्थकहरूलाई विस्तारै मैदानबाट बाहिर पठाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार