

काठमाडौं । गायक हरि अधिकारीको लोक भाका ‘खोली सलल’ सार्वजनिक भएको छ। गीतमा हरि सँगै शान्तिश्री परियारको स्वर रहेको छ।
रिमेश कुमार थापाले संगीत भरेको उक्त गीतको शब्द भने भोला पौडेलले लेखेका हुन्।
भिडिओतर्फ भने जुन विश्वकर्मा र विजय पुनले अभिनय गरेका छन्। भिडिओको निर्देशन शान थापाले गरेका हुन्।

रोशन विश्वकर्माले कोरियोग्राफी गरेको भिडिओलाई बिबेक सुनारले सम्पादन गरेका छन्। उक्त सुभ संगीत युट्युब च्यानलबाट सार्वजनिक भएको छ।