

काठमाडौं । निरन्तर उतारचढावका बिच साताको पहिलो कारोबार दिन (आइतबार) सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार शुक्रबारकै तुलनामा आज सुनचाँदीको किनबेच भइरहेको छ ।
महासंघले जनाएअनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँको दरले किनबेच भइरहेको छ । जुन शुक्रबारकै मूल्य हो ।
यसअघि बिहीबार प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँ पुगेर सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो । तर, शुक्रबार भने सुनको मूल्यमा करेक्सन देखियो ।
बिहीबारको तुलनामा शुक्रबार प्रतितोला ८ सय रुपैयाँले सुनको मूल्य घटेको थियो ।
सुनको मूल्य स्थिर रहँदा आज चाँदीको मूल्य पनि स्थिर छ । शुक्रबारै तुलनामा चाँदी प्रतितोला १ हजार ९ सय ६० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य प्रतिऔंश ३ हजार ३१५ डलरमा किनबेच भइरहेको छ ।