

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केही सांसदहरू सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा छन्। उनीहरूलाई प्रहरीले निगरानी राखेको बताइएको छ।
आइतबार राप्रपाले निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने निर्णय गरेको छ। त्यसअनुसार राप्रपाका कार्यकर्ताहरू बानेश्वरमा निषेधित क्षेत्र अगाडि प्रदर्शन गरिरहेका छन्।
सिंहदरबारभित्रै रहेर बानेश्वर क्षेत्रमा निषेधित क्षेत्र तोड्ने तयारीसम्बन्धी भइरहेको छलफलको गरिरहेका प्रवक्ता ज्ञानेन्द्र शाहीलगायतका सांसदलाई प्रहरीले त्यहाँबाट निस्किन नदिएको हो।
सांसद शाहीले आफूहरूलाई संसदीय दल बाहिर निस्किन नदिन प्रहरी आएर बसेको भन्दै आफूहरूलाई नजरबन्दमा राखेको बताए।
उनीसहित दिपकबहादुर सिंह र बिना जयसवाल कार्यालयमा छन्। प्रहरीको दुई वटा भ्यान संसदीय दलको कार्यालय बाहिर राखिएको छ।