

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन सिंहदरबारबाट पक्राउ परेका छन्।
सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा लिङ्देनसहितका नेताहरूलाई प्रहरीले रोक्ने प्रयास गरेको थियो। यद्यपि उनीहरू बाहिर निस्किएर सिंहदरबारबाहिर निस्कन खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको हो।
लिङ्देनसहितका नेताहरूले सिंहदरबारभित्रै पर्चा र पम्प्लेटसहित प्रदर्शन गर्न खोजेका थिए। सो क्रममा प्रहरीले पर्चा र पम्लेटहरू पनि खोसेको थियो।
त्यसअघि राप्रपाका केही सांसदहरूलाई संसदीय दलको कार्यालयमा प्रहरीले निगरानी राखेको छ।
निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने निर्णय गरेअनुसार राप्रपाका कार्यकर्ताहरू बानेश्वरमा निषेधित क्षेत्र अगाडि प्रदर्शन गरिरहेका छन्।
सिंहदरबारभित्रै रहेर बानेश्वर क्षेत्रमा निषेधित क्षेत्र तोड्ने तयारीसम्बन्धी भइरहेको छलफलको गरिरहेका प्रवक्ता ज्ञानेन्द्र शाहीलगायतका सांसदलाई प्रहरीले त्यहाँबाट निस्किन नदिएको हो।
सांसद शाहीले आफूहरूलाई संसदीय दल बाहिर निस्किन नदिन प्रहरी आएर बसेको भन्दै आफूहरूलाई नजरबन्दमा राखेको बताए।
उनीसहित दिपकबहादुर सिंह र बिना जयसवाल कार्यालयमा छन्। प्रहरीको दुई वटा भ्यान संसदीय दलको कार्यालय बाहिर राखिएको छ।