रविलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता-Sutra News

रविलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता

आइतबार, ७ बैशाख २०८२

आइतबार, ७ बैशाख २०८२

काठमाडाैं । बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता भएको छ।



यसअघि नै जिल्ला अदालत रुपन्देहीको आदेश उल्टाउँदै थुनामा पठाउने उच्च अदालत बुटवलको आदेश विरुद्ध पुनरावेदनका लागि सर्वोच्च पुगेका रविको निवेदनमा सर्वोच्चले उच्च र जिल्ला अदालतबाट कागजात झिकाइसकेको छ। उच्चको आदेश बदर गरी थुनाबाहिर राख्न माग गरिएको निवेदनको टुंगो लाग्न समय लाग्ने देखिएपछि रविको तर्फबाट बन्दीप्रत्यक्षीकरणको रिट दिएका हुन्।

सहकारी ठगीमा जिल्ला अदालत रुपन्देहीले एक करोड धरौटीमा रिहा गरेकोमा उक्त आदेश उच्च अदालतले बदर गरेर थुनामै पठाउने आदेश दिएकै दिन पक्राउ परेकोमा उनी हाल कारागार कार्यालय रुपन्देहीमै थुनामा छन्।

रविको तर्फबाट आज दायर भएको बन्दीप्रत्यक्षीकरणको रिटमा सोमबारका लागि पेशी तोकिएको सर्वोच्च प्रशासनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार