तीनकुनेको हिंसात्मक आन्दोलनपछि राजावादीसँग डराए काठमाडौंका व्यापारी-Sutra News

तीनकुनेको हिंसात्मक आन्दोलनपछि राजावादीसँग डराए काठमाडौंका व्यापारी

आइतबार, ७ बैशाख २०८२

आइतबार, ७ बैशाख २०८२

काठमाडौं । गएको चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक राजावादी प्रदर्शनमा लुटपाट भएपछि राप्रपाले आइतबार आयोजना गरेको प्रदर्शनमा त्यसको प्रभाव देखिएको छ।



प्रहरी हिरासतमा रहेका आफ्ना नेता तथा कार्यकर्ताको रिहाइको माग गर्दै राप्रपाले आज बिजुलीबजार क्षेत्रमा विरोध प्रदर्शनको आयोजना गरेको थियो। त्यसपछि राप्रपाले प्रदर्शन गर्ने भन्नासाथ वरपरका सबै पसलहरू बन्द गरेको पाइएको हो।

जबकि त्यसको दुई घण्टा अघिसम्म त्यही क्षेत्रमा भइरहेको शिक्षकहरूको प्रदर्शनका बेलासम्म शान्त रहेको त्यस क्षेत्रमा वरपरका पसल खुल्लै थिए। तर राप्रपा भन्नासाथ व्यापारीहरू डराए।

तीनकुनेमा भएको राजावादीहरुको प्रदर्शनमा सहभागीहरूले वरपरका घरमा तोडफोड र आगजनी गरेका थिए। उनीहरुले भाटभटेनीमा लुटपाटसम्म गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार