कुकुरलाई झुण्ड्याएर मारेको भिडियो सामाजिक सञ्जालमा राख्ने दुई जना पक्राउ-Sutra News

कुकुरलाई झुण्ड्याएर मारेको भिडियो सामाजिक सञ्जालमा राख्ने दुई जना पक्राउ

आइतबार, ७ बैशाख २०८२

आइतबार, ७ बैशाख २०८२

काठमाडौं । रोल्पाको लुम्री गाउँपालिका–७ हार्जाङमा कुकुर मारेको आरोपमा दुई जना पक्राउ परेका छन्।



पक्राउ पर्नेमा ११ र १८ वर्षका दुइ बालकहरू छन्।

गाउँमा १४ जनालाई टोकेको आरोपमा उनीहरुले वैशाख ३ मा झुण्ड्याएर यातना दिएर कुकुर मारेका हुन्।

कुकुरलाई झुण्ड्याएर यातना दिएको भिडियो सामाजिक सञ्जालमा देखिएपछि उनीहरुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय सुलिचौरका इन्स्पेक्टर अरुण लामाले बताए।

कुकुरलाई यातना दिएर मारेको घटनामा संलग्न अर्का एकजना दाङमा पक्राउ परेका छन्। दाङको लमहीमा पक्राउ गरेर स्थानिय सुन्दर परियारलाई रोल्पा लगिँदै छ।

उनीहरुहरु विरुद्ध प्रहरीले पशुपन्छी सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार