चार घण्टा काठमाडौं प्रहरी परिसरमा बसेर छुटे लिङ्देनसहितका राप्रपा ७ नेता-Sutra News

चार घण्टा काठमाडौं प्रहरी परिसरमा बसेर छुटे लिङ्देनसहितका राप्रपा ७ नेता

आइतबार, ७ बैशाख २०८२

आइतबार, ७ बैशाख २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनसहितका ७ जना नेता रिहा भएका छन्।



काठमाडौं प्रहरीका एसपी अपिलराज बोहराका अनुसार सिंहदरबार परिसरबाट पक्राउ परेका उनीहरूलाई झन्डै चार घण्टापछि छाडिएको हो। उनीहरूलाई जिल्ला प्रहरी परिसरको कार्यालय भद्रकालीबाट छाडिएको हो।

निषेधित क्षेत्रमा प्लेकार्ड प्रदर्शन गरेपछि प्रहरीले लिङ्देनसहित उपाध्यक्ष बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानेन्द्र शाहीसहितलाई नियन्त्रणमा लिएको थियो।

यसैगरी, राष्ट्रिय युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल, उपाध्यक्ष सरोज क्षेत्री, राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनका अध्यक्ष अमर आर्य पनि पक्राउ परेका थिए।

निषेधित क्षेत्र तोडेर गिरफ्तारी दिने उद्देश्यसहित राप्रपाले आज काठमाडौंको बानेश्वर क्षेत्रमा प्रदर्शन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार