निर्माण टिमले एक्सन फिल्म भनेर ढाँट्दा डुब्यो ‘कर्मा’, ८ दिनसम्मको कमाई २६ लाख-Sutra News

निर्माण टिमले एक्सन फिल्म भनेर ढाँट्दा डुब्यो ‘कर्मा’, ८ दिनसम्मको कमाई २६ लाख

आइतबार, ७ बैशाख २०८२

आइतबार, ७ बैशाख २०८२

काठमाडौं । गएको चैत २९ बाट प्रदर्शनमा आएको फिल्म ‘कर्मा’ले घरेलु बक्सअफिसमा कमाइको गति लिन सकेन। विपिन कार्की स्टारर ‘कर्मा’को अहिलेसम्मको कमाइ २६ लाख २८ हजार रुपैयाँ ग्रस छ।



सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मलाई लिएर नयाँ वर्षको दिनमा समेत दर्शकमा उत्साह देखिएन। त्यसपछि हलहरूले शो घटाएका थिए। अहिलेसम्म क्यूएफएक्स चेनले उपत्यकाका हलमा शो नै दिएको छैन भने अन्य नाम चलेका मल्टिप्लेक्सबाट पनि यो फिल्म एक सातामै उत्रिँदैछ।

त्यसो त अभिनेता विपिनलाई पहिलोपटक एक्सनमा उतारिएको भनेर प्रचार गरिएको यो फिल्ममा त्यतिधेरै एक्सन नै थिएन। क्लाइमेक्सको एउटा द्धन्द्ध बाहेक फिल्ममा हेर्नलायक एक्सन नै थिएन। तर निर्माण टिमले एक्सन फिल्म भनेर दर्शकलाई झुक्याउँदा यो फिल्म चिप्लिएको बुझ्न सकिन्छ।

विपिनको फरक-फरक चरित्र हेर्न रुचाउने दर्शकलाई कर्मामा देखिएको विपिनको नयाँ अवतार रमाइलो लाग्न सक्छ। तर फिल्मको प्रमोसनमा जसरी विपिनलाई पुरै एक्सन अवतारमा रहेको भान दिइयो त्यही सोचेर हलमा पुग्ने दर्शक भने निराश भए। किनकी फिल्ममा एक्सन भन्दा सोसल ड्रामा हाबी छ।

स्टन्टको दृश्यमा प्रयोग गरिएको कलाकारको बडीस्टक्चर विपिनसँग फिट भएको छैन। अर्कै व्यक्तिले मोटरसाइकल उडाएको सामान्य दर्शकले पनि भेउ पाउँछन्। एक्सन फिल्ममा यत्रो हेल्चेक्र्याई हुनु सामान्य हैन। यहाँ पनि दर्शक निराश भए।

त्यस कारण विपिन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुषाल, दिव्य देव जस्ता कलाकार भएको यो फिल्म हलमा एक साता पनि टिक्न सकेन।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार