महिनावारी भएको बेला यौन सम्पर्क गर्दा साँच्चिकै समस्या हुन्छ ? जान्नुहोस्, भ्रम र वास्तविकता-Sutra News

महिनावारी भएको बेला यौन सम्पर्क गर्दा साँच्चिकै समस्या हुन्छ ? जान्नुहोस्, भ्रम र वास्तविकता

आइतबार, ७ बैशाख २०८२

आइतबार, ७ बैशाख २०८२

एजेन्सी । थुप्रै अनुसन्धानबाट प्राप्त जानकारी अनुसार सेक्सको सिधा सम्बन्ध तपाईंको स्वास्थ्यमा हुन्छ। तर कस्तो अवस्थामा यस्तो सम्बन्धबाट टाढा रहनुपर्छ भन्ने बारे जानकारी हुन पनि आवश्यक छ। धेरैजसो जोडीहरु महिनावारी हुँदा यौनसम्बन्ध राख्नु हुन्छ कि हुँदैन भन्ने विषयमा अनविज्ञ हुन्छन्।



यसका बारेमा वैज्ञानिकहरुले भने फरक धारणा सार्वजनिक गरेका छन्। उनीहरुले गरेको अधययन अनुसार महिनावारीको बेलामा यौन सम्पर्क गर्न मिल्छ। तर, सुरक्षित सम्पर्कमा ध्यान पुर्याउनुपर्छ। कन्डम लगाएर यौन सम्पर्क गरेमा संक्रमणबाट बच्न सकिन्छ। महिनावारी भएका बेला यौन सम्पर्क गर्न नहुने भन्ने कुनै वैज्ञानिक तथ्य छैन।

महिनावारी हुँदा यौनसम्पर्क गर्दा गर्भ बस्ने सम्भावना

यतिबेला यौनसम्बन्ध राख्दा गर्भवती हुने सम्भावना निकै कम हुन्छ। यदि तपाईं गर्भ नरहोस् भन्ने चाहमा हुनुहुन्छ भने सुरक्षाका उपाय अपनाउनै पर्ने हुन्छ। महिनावारी हुँदा गर्भ बस्ने सम्भावना निकै कम भएपनि गर्भ रहँदैन नै भनेर ठोकुवा गर्न मिल्दैन किनभने वीर्य केही दिनसम्म बाँच्छ र चाँडै नै ओभुलेसन भएको खण्डमा गर्भ बस्ने गर्दछ। तर महिनावारीको १० देखि २२ दिनसम्म यौन सम्पर्क गर्दा गर्भ रहने सम्भावना उच्च हुन्छ।

नियमित महिनावारी हुने महिलामा त्यस समय यौन सम्बन्ध बनाउँदा गर्भ रहँदैन। तर अनियमित महिनावारी हुने र छोटो महिनावारी चक्र छ भने महिलामा गर्भ रहने जोखिम हुन्छ। जस्तै, नियमित महिनावारी हुने महिलाले धेरैपछि रक्तश्राव हुँदा महिनावारी भन्ने सोचेर त्यस समयमा यौन सम्बन्ध राखेमा गर्भ रहन सक्छ। यौन सम्बन्ध राख्दा महिनावारी चक्र नियमित छ छैन भन्ने कुरामा निश्चित हुनुपर्छ।

त्यस्तै, जुन महिलाको महिनावारी चक्र छोटो अवधि अर्थात् २८ दिनको छ भने सात दिनमा पनि डिम्बाशय बन्न सक्छ। जसले गर्दा महिनावारीको चार-पाँच दिनमा यौन सम्बन्ध राखे पनि गर्भ रहन सक्छ। यदि ३० दिनमा महिनावारी हुने गरेको छ भने डिम्बाशय ढिला बन्छ, जसकारण महिनावारी भएको ६-७ दिनमा सम्बन्ध कायम राखे पनि गर्भ रहने सम्भावना कम हुन्छ।

यदि महिनावारीको समयमा पनि नियमित गर्भ निरोधक औषधि जारी राखिएको छ भने पनि गर्भवती हुने सम्भावना हुँदैन। महिनावारी होस् वा नहोस् चक्कीले काम गर्न छाड्दैन। महिनावारी भएको अवस्थामा यौन सम्बन्ध बनाउनु परे कण्डम वा गर्भनिरोधक चक्कीको प्रयोग गर्नु सुरक्षित हुन्छ।

आउनुहोस्, जानौं महिनावारी र यौन सम्बन्धी केही भ्रम र सत्यताबारे प्रश्नोत्तर :

कति सुरक्षित हुन्छ ?

विभिन्न गायनाकोलोजिस्टका अनुसार महिनावारीको क्रममा यौनसम्बन्ध स्थापित गर्दा संक्रमण हुने खतरा सबैभन्दा धेरै हुने गर्दछ। विशेषगरी ती पुरुषहरुलाई जो कण्डम बिना सम्बन्ध स्थापित गर्छन्।

महिनावारी हुँदाको रगतका सम्पर्कले यौन रोग लाग्छ ?

महिनावारी हुँदाको रक्तश्राव साधारण मानव रगत हो त्यसकारण यो रगतले कुनै हानी निम्त्याउँदैन। यदि तपाईंको पार्टनरलाई यौनरोग छ भने यौनसम्बन्ध स्थापित गर्दा कण्डमको प्रयोग गर्नैपर्छ – महिनावारी हुँदा पनि र नभएका बेलामा समेत।

महिनावारीका बेला यौनसम्बन्ध राख्ला एचआइभी संक्रमण हुन्छ ?

यौनसम्बन्ध स्थापित गर्ने एक व्यक्तिलाई एचआइभी संक्रमण नभएसम्म यो कुनै पनि हालतमा पार्टनरलाई सर्दैन। महिनावारी नभएका बेला पनि एचआइभी संक्रमणसँग कण्डम बिना यौन सम्बन्ध स्थापित गर्दा एचआइभी लाग्ने सम्भावना उच्च हुन्छ।

महिनावारी हुँदा निस्कने रगतले यौनाङ्गमा हानी पुर्याउँछ ?

यस्तो कुनै पनि हालतमा हुनै सक्दैन। महिनावरी हुँदा हुने रक्तश्रावलाई मानिसहरुले फोहोरको उपमा दिने भएकाले यसप्रति मानिसको गलत धारणा भएको हो। वास्तवमा यो मानव शरिरभित्र हुने साधारण रगत हो।

महिनावारीका बेला यौनसम्पर्कले पाठेघरलाई हानी गर्छ ?

महिनावारीका बेला यौनसम्बन्ध स्थापित गर्दा पाठेघरलाई कुनै हानी हुँदैन। महिनावारीका बेला पाठेघरको मुख खुल्ला हुने र यतिबेलाको यौनसम्पर्कले महिलाको पाठेघरलाई हानी गर्छ भन्ने मान्यता गलत हो। महिनावारीका बेला हुने रक्तश्राव पाठेघरको निकै सानो मुखबाट हुने गर्दछ।

के महिनावारीका बेला यौनसम्पर्क गर्नु विकृती हो ?

तपाईंलाई सुन्दा खुसी नै लाग्ला। महिनावारी हुँदा पनि धेरै जोडीले यौनसम्बन्ध स्थापित गर्छन्। चिकित्साको दृष्टिकोणले महिनावारी हुँदा यौनसम्बन्ध स्थापित गर्नु निकै साधारण कुरा हो। यदि तपाईं पनि गर्नहुन्छ भने यसमा तनाव लिनुपर्ने र डराउनुपर्ने केही कुरा छैन।

महिनावारी हुँदा गरिने यौनसम्पर्कले रक्तश्राव बन्द गर्छ ?

केही महिलाले महिनावारी हुँदा यौनसम्बन्ध राखेको एक वा दुई दिन पछि रक्तश्राव बन्द भएको अनुभव गर्न सक्छन्। यसको अर्थ रगत सबै पाठेघर भित्र गएको र बाहिर आउन नसकेको भने होइन। वास्तवमा, यौनसम्बन्धका बेला पाठेघरमा दबाब पर्ने हुँदा यसले महिनावारीको तरल वस्तु र तन्तुलाई छिटो छिटो बाहिर निकाल्न सहयोग गर्दछ जसका कारण अन्य बेलाभन्दा रक्तश्राव चाँडै बन्द हुन्छ।

महिनावारी हुँदा यौनसम्बन्ध राख्दा दुखाई कम हुन्छ ?

हो, कति महिलाले महिनावारीका बेला यौनसम्बन्ध राख्दा दुखाई कम हुने गर्दछ। चरमोत्कर्षमा पुग्दा केही विशेष प्रकारको रसायन पैदा हुँदा महिनावारीको दुखाई कम हुने गर्दछ।

मुख मैथुन सुरक्षित हुन्छ ?

महिनावारी भइरहेको पार्टनरलाई मुख मैथुन गर्न चाहनुहुन्छ भने यसो गर्नु सुरक्षित छ।

समग्रमा,

सबैभन्दा बढी महिलालाई कुनै रोग वा संक्रमण छ र यौन सम्पर्क गर्दा पीडा हुन्छ भने सकेसम्म सम्बन्ध नराखेको नै राम्रो हुन्छ। पेट दुखिरहेको वा शारीरिक रुपमा कमजोर भएको अवस्थामा सम्बन्ध नबनाउँदा थप समस्या निम्तिन सक्छ। यदि यौन सम्पर्कको लागि महिला तयार छिन् र पुरुष पनि सावधानी अपनाउन तयार छन् भने यौन सम्पर्क राख्न सकिन्छ।

सम्बन्ध बनाउनुअघि आफ्नो पार्टनरको पनि इच्छा छ भने मात्र सम्बन्ध बनाउनु पर्छ। रक्तस्राव भइरहेको छ भने सफा गरेर मात्र सम्बन्ध राख्नुपर्छ। यौन सम्पर्क गर्नुअघि र पछि आफ्नो गुप्ताङ्ग राम्ररी धुनुपर्छ। यदि महिनावारीको समयमा महिलाले ट्याम्पोन लगाएकी छिन् भने निकाल्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार