सुनको मूल्यमा नयाँ कीर्तिमानी-Sutra News

सुनको मूल्यमा नयाँ कीर्तिमानी

सोमबार, ८ बैशाख २०८२

सोमबार, ८ बैशाख २०८२

काठमाडौं । साताको दोस्रो कारोबार दिन (सोमबार) स्थानीय बजारमा सुनको मूल्यले नयाँ कीर्तिमानी बनाएको छ । आइतबारको तुलनामा प्रतितोला १ हजार २ सय रुपैयाँले बढ्दै सुनको मूल्यले नयाँ कीर्तिमानी बनाएको हो ।



नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार रुपैयाँ कायम भएको छ । जुन हालसम्मकै उच्च मूल्य हो ।

यसअघि बिहीबार प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँ पुगेको सुनको मूल्यमा त्यसयता सामान्य गिरावट आएको थियो । आइतबार सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँमा किनबेच भएका थियो ।

सुनको मूल्यले नयाँ रेकर्ड बनाउँदा सोमबार चाँदीको मूल्य भने स्थिर छ । महासंघका अनुसार आइतबारकै तुलनामा चाँदीको मूल्य प्रतितोला १ हजार ९६० रुपैयाँ कायम भएको छ ।

आज अन्तराष्ट्रिय बजारमा भने सुनको मूल्य प्रतिऔंश ३ हजार ३१५ डलर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार