

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले भरतपुर महानगरकी मेयर रेनु दाहाललाई सम्बोधन गर्दै फेसबुक स्टाटस लेखेका छन् । फेसबुक स्टाटसमार्फत साम्पाङले माओवादी केन्द्र र केन्द्रका अध्यक्ष एवम् देनुका पिता पुष्पकमल दाहाल प्रचण्डबारे टिप्पणी गरेका छन् ।
साम्पाङले प्रचण्ड फेरिएको, माओवादी केन्द्र फेरिएको टिप्पणी गरेका छन् । माओवादी पार्टी विगतको जस्तो क्रान्तिकारी तथा जनताको पार्टी नभएको टिप्पणी साम्पाङको छ ।
उनले माओवादी केन्द्र र त्यसका नेताहरु विभेदकारी भएको, सामन्ती भएको, दलाल भएको, पुँजीपतिहरुको भएको टिप्पणी गरेका छन् । विशेषगरी धरानको सन्दर्भमा विभिन्न आयोजना माग गर्न जाँदा तत्कालिन प्रधानमन्त्रीको रुपमा प्रचण्डले निकै हेपाहा शैलीमा व्यवहार गरेको आरोप साम्पाङले लगाएका छन् ।
उनले तत्कालिन पर्यटन मन्त्री सुदन किराँतीले पनि धरानको मागमा उदासिनता व्यक्त गरेको टिप्पणी साम्पाङको छ ।
सँगै, ठूला र मुख्य आफ्नै निर्वाचन क्षेत्र, आफ्नै छोरीको क्षेत्रमा हालेको आरोप साम्पाङले लगाएका छन् ।
साम्पाङले मेयर रेनुलाई भिजन के हो आफूले सिकाउने बताएका छन् ।
यस्तो छ रेनुलाई सम्बोधन गरी हर्कले लेखेको स्टाटस
रेनु दाहालले मलाई ठुला योजना गर्नु पर्थ्यौ भनेर भनेछ ! रेनुजी तपाईँको बाऊ प्रधानमन्त्री हुँदा सप्तकोसीको पानी ल्याउन पैसा मागेको २० लाख मात्रै छुट्टाइदियो त मैले के गर्ने ? बाऊ ठिक रैन छ पार्टी ठिक रैछ छ त ! एयरपोर्ट मागेको तपाईँकै पार्टीको सुदन किराँती मन्त्री थिए र तपाईँकै बाऊ प्रधानमन्त्री थिए, विराटनगरमा छँदैछ किन चाहियो धरानमा भने ! अहिलेका पार्टी ठिक छैन रैछ कुनै पनि विभेद गर्छ ! तपाईँको बाउले नि प्रम हुँदा बजेट जति सबै तपाईंकै पालिकामा मात्रै खनाइदिएर विभेद गरे ! अब ८४ मा म आफै आएर गर्नु पर्ला त्यो ठाउँमा भन्दै छु ! बालेन जीको कुरा नगर्नु वहाँको बजेट २६ अर्ब माथि छ ! पैसा २०% पनि खर्च गर्न सक्दैन त्यो महानगरले ! बिना पैसा पनि विकास कसरी गर्न सकिन्छ ! जनताको शक्तिलाई ढुङ्गा हान्न, भएको संरचना भत्काउन र मान्छे मार्नमा होइन देश निर्माणमा कसरी जोड्न सकिन्छ भन्ने कुरा सिक्न म कहाँ आउनु ! भिजन भनेको के हो त्यो म सिकाउँछु ! विदेशी ऋण बोकेर धेरै ठूलो गाडी हाँक्नु हुँदैन ! स्वदेशी उत्पादनमा जोड दिनु पर्छ ! यो हो भिजन ! बिचरा तपाईँलाई के थाहा श्रम र श्रमिकलाई अपमान गर्ने अभिव्यक्ति दिने तपाईँहरूको पार्टी सामन्त र दलाल, पुँजीपतिहरूको पार्टी बनिसक्यो भन्ने ! विचरा…