

सम्माननीय प्रधानमन्त्री ज्यू, भन्ने कुरा धेरै थिए । तर, आन्दोलनको बेलामा धेरै गन्थन गर्नु युक्ति संगत हुँदैन । त्यसैले धेरै कुरा भनिन !
हजुर बेफुर्सद हुनुहुन्छ, त्यो मलाई थाहा छ । हजुरलाई बेफुर्सद बनाएको पनि यही झोले शिक्षकले हो । ‘गाउँ–गाउँमा अरूमाथि अरिङ्गाल झैँ खनिनु’ भन्नु हुन्थ्यो । पार्टीको लागि त्यसै गरियो । चुनावमा विपक्षीहरूले करङ भाँचे, अझै राम्रोसँग हिँड्नु हुँदैन । पार्टीका लागि यो पनि योगदान नै थियो । गरियो ।
पार्टीलाई हरेक वर्ष लेबि तिरेको छ । कतिपय साथीले छद्म भेषमा त कतिले आफ्नै नाममा संगठित सदस्य लिएका छन् । मास्टरले राजनीति गरे, पठाएनन् भन्ने आरोप सहेरै भए पनि योगदान दिएका छन् धेरै सरहरूले । जनताको छोरा पुग्ने मुख्य कार्यकारी पदमा पुर्याएका छन् । तिनै भुईँ मान्छे हुन् त्यहाँ पुर्याउने । यसको अर्थ त्यसको ब्याज खोजेको छैन/होइन । नयाँ पुस्ता शिक्षक बन्न खोजिरहेको छैन । यसको कारण खोज्नुस् न प्रधानमन्त्री ज्यू !
मात्र एउटा शिक्षकले सम्मान खोजेको छ । वृत्ति विकासको अवसर खोजेको छ । न्यूनतम ज्याला खोजेको छ । लामो समय शिक्षक सेवा आयोगलाई बन्धक बनाएर राख्नु भयो । विज्ञापन गर्नु भएन । के त्यसको दोष पनि शिक्षककै हो ?
मात्र एउटा शिक्षकले सम्मान खोजेको छ । वृत्ति विकासको अवसर खोजेको छ । न्यूनतम ज्याला खोजेको छ । लामो समय शिक्षक सेवा आयोगलाई बन्धक बनाएर राख्नु भयो । विज्ञापन गर्नु भएन । के त्यसको दोष पनि शिक्षककै हो ? पक्कै होइन हाेला ।
राहत शिक्षकमै बूढो बनाउनु भयो । यो पनि शिक्षककै दोष थियो ? होइन ? तपाईँले भन्नू भयो ४८ प्रतिशत पास गराउने शिक्षकलाई किन तलब बढाउनु पर्यो । सुविधा थप्ने होइन काट्ने हो । ठिक छ काट्नुस् । हजुर यो देशको कार्यकारी प्रधानमन्त्री तपाईँको कार्य सम्पादन अंक कति हो ? थाहा छ ? २८ ! यो पास हो कि फेल हो ?
अनि अर्को कुरा, संविधान जारी भएको १० वर्ष पुग्नै लाग्यो । अहिलेसम्म शिक्षा ऐन ल्याउन नसक्ने प्रधानमन्त्री फेल कि पास ?
प्रधानमन्त्री ज्यू, धेरै छन् भन्ने कुरा । चित्त दुखाउनु होला भनेर भनिन् । हजुरलाई साना कुराले पनि चित्त दुख्छ । त्यो पनि थाहा छ । फेरि हजुरलाई लामा गन्थन पढ्न पनि फुर्सद हुँदैन । त्यसैले कुरा छोट्टाए ।
शिक्षक आन्दोलनले तपाईँको कुर्सी हल्लियो रे ! हल्लाउने चाहाना छैन । अझै किला काटी ठोकेर राख्नुस् कुर्सीमा । तर, एक थान शिक्षा ऐन चाहिँ दिनुस् । अरू कुरा तपाईँका प्रतिनिधिलाई फिल्डमै भेटेर भनौला ।
शिक्षक आन्दोलनले तपाईँको कुर्सी हल्लियो रे ! हल्लाउने चाहाना छैन । अझै किला काटी ठोकेर राख्नुस् कुर्सीमा । तर, एक थान शिक्षा ऐन चाहिँ दिनुस् । अरू कुरा तपाईँका प्रतिनिधिलाई फिल्डमै भेटेर भनौला । मौका मिल्यो भने तपाईँलाई पनि भनौला ।
अठारौँ दिनको आन्दोलन मैदानबाट…!