

काठमाडौं । टिकटकमा पेस्तोल देखाएर भिडिओ बनाएको आरोपमा एक जना व्यक्ति पक्राउ परेका छन्।
प्रहरीले कपिलवस्तुको शुद्धोधन गाउँपालिका-६ महादेव बस्ने २१ वर्षीय रघुबिन्द यादवलाई पक्राउ गरेको हो।
यादवले यही वैशाख ६ गते करिब साढे ६ बजे पेस्तोल देखाएको भिडिओ टिकटकमा पोष्ट गरेका थिए। सोही भिडिओका आधारमा उनलाई इलाका प्रहरी कार्यालय पकडीको टोलीले नियन्त्रणमा लिएको हो।
उनीमाथि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।