रघुजी पन्तले संसदीय समितिको बैठकमा किन राेक लगाउन खाेजे पत्रकारलाई ?-Sutra News

रघुजी पन्तले संसदीय समितिको बैठकमा किन राेक लगाउन खाेजे पत्रकारलाई ?

सोमबार, ८ बैशाख २०८२

सोमबार, ८ बैशाख २०८२

काठमाडाैं । नेकपा (एमाले)का सांसद रघुजी पन्तले संसदीय समितिको बैठकमा पत्रकारहरूलाई रोक लगाउनुपर्ने माग गरेका छन् । संसदीय समितिका काम कारवाहीबारे जनतामा भ्रम फैलाउने काम भएको भन्दै उनले समिति बैठकमा रोक लगाउन माग गरेका हुन् ।



साेमबार ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ का सम्बन्धमा गठित उपसमितिको प्रतिवेदनमाथि छलफलमा बोल्दै उनले यस्तो बताए ।

‘यहाँ मिस इन्फरमेसन हुन थाल्यो। अर्को पटक को मुख्यसचिव आउँछ ? जसले यहाँ बोलेको कुरा बाहिर अपव्याख्या भएर उसको विरुद्धमा नारा लाग्न थालेपछि कुन मुखले मुख्यसचिवले आएर बोल्छ?’, उनले भनेका छन्, ‘को कर्मचारी आएर बोल्छ समितिमा ? हामीले उत्तरदायी हुनुपर्दैन ? इन्टरनेशनल प्राक्टिस पनि हेरौँ हामीले यत्तिकै भनेको होइन। मैले अमेरिका, क्यानडा, अस्ट्रेलियाको प्राक्टिस हेरेँ। पत्रकारको लागि १०० मा १०० प्रतिशत कुनै पनि बैठक खुला हुँदैन। भारत र बङ्गलादेशमा समितिको बैठकमा प्रेसलाई नो इन्ट्रि छ। फाइनल रिपोर्ट मात्र दिने हो। समितिले फाइनल गरेपछि मात्रै प्रेसको हातमा पुग्नुपर्‍यो।’

पन्तले अन्तर्राष्ट्रिय अभ्यासअनुसार पनि समिति बैठकमा पत्रकारलाई प्रतिबन्ध लगाएर फाइनल रिपोर्ट मात्रै दिनुपर्ने जिकिर गरेका छन् ।

पन्तले समितिले पारित नै नगरेको भ्रष्टाचारमा दोषी ठहर कर्मचारीलाई पेन्सन दिने विषय बाहिर आएकोप्रति आपत्ति जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार