

काठमाडौं । १५ चैतको राजावादी समूहको हिंसात्मक प्रदर्शनका मुख्य प्रतिवादी रहेका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्ध अर्को पनि पक्राउ पुर्जी जारी भएको छ।
प्रसाईंको खातामा अस्वभाविक शंकास्पद आर्थिक कारोबार देखिएपछि नेपाल राष्ट्र बैंकले अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सिआईबीलाई पत्राचार गरेपछि प्रसाईंलाई पक्राउ गरेरै अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट अनुमति लिएको हो।
१५ चैतको हिंसात्मक प्रदर्शनका जनकमान्डर समेत रहेका प्रसाईं हिंसात्मक प्रदर्शनमा संलग्नता, प्रहरीकै ज्यान मार्ने प्रयास, संगठित अपराध र सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएको आरोपमा उनीमाथि पहिले नै मुद्दा चलिरहेका बेला राष्ट्र बैंकको आग्रहमा बैंकिङ कसुरमा अनुसन्धान अघि बढेको हो।
प्रसाईंले होटल, अस्पताल र अन्य व्यवसायको नाममा लिएको अर्बौं ॠण दुरुपयोग गरेको आरोप लाग्दै छ।