आन्दोलनरत शिक्षकका मागबारे मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री र शिक्षामन्त्रीबिच छलफल-Sutra News

आन्दोलनरत शिक्षकका मागबारे मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री र शिक्षामन्त्रीबिच छलफल

सोमबार, ८ बैशाख २०८२

सोमबार, ८ बैशाख २०८२

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षक तथा कर्मचारीका मागका सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईसँग छलफल गरेका छन्। प्रधानमन्त्रीसँग छलफल गर्न मन्त्री भट्टराई केहीबेर अघि प्रधानमन्त्री निवास बालुवाटार पुगेकी थिइन्।



मन्त्रीपरिषद् बैठक हुनुअघि आन्दोलनरत शिक्षकका मागलाई विभागीय मन्त्री र प्रधानमन्त्रीको परामर्शलाई अर्थपूर्ण मानिएको छ। नेपाल शिक्षक संघसँगकै परामर्शमा शिक्षा मन्त्रालयले तयार पारेको सात बुँदे प्रस्तावबारे आजको मन्त्रीपरिषद् बैठकमा छलफल हुँदै छ।

त्यसअघि आजै काठमाडौंंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सम्भव भएका सबै मागहरू पुरा गर्ने आश्वासन दिंदै आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बस्न, आन्दोलन टुंग्याउन र विद्यालय फर्किन आग्रह गरेका थिए। शिक्षकहरूले राखेका मागमा सरकार नेगेटिभ नभएको उनको जिकिर छ।

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने सहितका माग राख्दै आन्दोलनमा उत्रिएका शिक्षकहरूकै कारण वैशाख देखी सुरु हुनुपर्ने भर्ना अभियान, एसईईको उत्तरपुस्तिका परिक्षाणको काम ठप्प हुनुका साथै कक्षा १२ को परिक्षा समेत प्रभावित हुने जोखिम बढेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार