

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले स्वास्थ्यका कारण पदबाट राजीनामा दिएको उल्लेख गरेकी छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार अपराह्न करिब ५ बजेतिर भेटेर उनले राजीनामा दिएकी हुन्।
स्वास्थ्यका कारण मन्त्री भट्टराईले राजीनामा दिएको उनको सचिवालयले जनाएको छ।
‘मन्त्रीज्यूले आफ्नो स्वास्थ्य अवस्थाका कारण राजीनामा दिनुभएको हो,’ उनका स्वकीय सचिव अशेष पोखरेलले भने, ‘उहाँले प्रधानमन्त्रीज्यूलाई भेटेर राजीनामा दिनुभएको हो।’
२० दिनदेखि देशभरका सामुदायिक र सरकारी विद्यालयका शिक्षकहरूले काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका बेला भट्टराईको राजीनामा आएको हो।