

काठमाडौं। शिक्षक आन्दोलनका क्रममा टिकटक नाचेको भिडिओ बनाएर भाइरल बनेका शिक्षक होमराज पौडेल निजी स्कुलका सञ्चालक रहेको खुलेको छ।
सरकारी सेवा सुविधा माग गर्दै आन्दोलनमा रहेका पौडेलले गरेको डान्स सामाजिक सञ्जालमा भाइरल छ। त्यसपछि विभिन्न युट्युबहरूमा उनले अन्तवार्ता दिंदै सामुदायिक विद्यालयको शिक्षकहरूको सेवा-सुविधा बढ्नुपर्ने माग राखिरहेका छन्।
तर सरकारी सेवासुविधा माग गर्दै करिब तीन हप्तादेखि आन्दोलनमा रहेका शिक्षक पौडेल ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर–३ मा रहेको फ्लोरेन्स नाइटिङ्गल स्कुलका सञ्चालक हुन्।
त्यही कारण उनले अधिकांश अन्तवार्तामा आफूलाई कहाँ पढाउनुहुन्छ भनेर सोध्न नपाउने शर्त राख्छन्।
हिमालय टेलिभिजनको एक कार्यक्रममा उनी आफैंले पनि आफू सामुदायिक विद्यालयको नभएर निजी विद्यालयको शिक्षक भएको बताएका छन्।
‘तपाईं एक कास्की निवासी शिक्षक हुनुहुन्छ, काठमाडौंमा ध्यापन गराउनु हुन्छ र, तपाईं सरकारी स्कूलको शिक्षक हैन ?’ अन्तर्वार्ताकारको यो प्रश्नमा होमराज भन्छन्- ‘हैन। म प्राइभेट स्कूलको टिचर हो।’
त्यस अन्तर्वातामा अधिकाशंले शिक्षक पौडेल निजी स्कूलको लगानीकर्ता भएको कमेन्ट लेखेका छन्।