चक्कु आक्रमणको घटनापछि सैफ अली खानले किने कतारमा घर-Sutra News

चक्कु आक्रमणको घटनापछि सैफ अली खानले किने कतारमा घर

मंगलबार, ९ बैशाख २०८२

मंगलबार, ९ बैशाख २०८२

काठमाडाैं । बलिउड अभिनेता सैफ अली खानले कतारमा एउटा आलिशान घर किनेका छन्। चक्कु आक्रमण भएको लगभग ३ महिनापछि नयाँ घर किनेर सैफले धेरै सुरक्षित महसुस गरिरहेका छन्।



यस वर्षको सुरुमा, सैफ अली खानमाथि आक्रमण भएको थियो। एक आक्रमणकारीले मुम्बईस्थित सैफको घरमा प्रवेश गरी उनलाई गम्भीर घाइते हुने गरी आक्रमण गरेका थिए ।

यो घटनापछि, मानिसहरू कति सुरक्षित छन् भन्ने बारेमा धेरै बहस भयो। जसका बिच उनले नयाँ घर किनेका हुन् ।

बताइएअनुसार सैफको यो नयाँ घर कतारको सेन्ट रेजिस मार्सा अरेबिया आइल्याण्ड-द पर्लमा अवस्थित द रेसिडेन्समा अवस्थित छ। मुम्बईमा एक कार्यक्रमको क्रममा सैफले आफ्नो नयाँ घरको बारेमा जानकारी दिएका हुन् ।

नयाँ घरको बारेमा कुरा गर्दै सैफले भनेका छन् कि धेरै हिसाबले उनको यो घर एकदमै उत्तम छ। अभिनेताले यो पनि भनेका छन् कि उनी घरबाट टाढा यो घरमा सुरक्षित महसुस गर्छन्।

सैफसँग विगतदेखि नै आफ्नो पुर्खाैली पटौदी दरबार र मुम्बईको एक विलासी क्षेत्र बान्द्रामा एक विलासी अपार्टमेन्ट छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार