‘डीएसपी हुँ’ भन्दै रेस्टुरेन्टमा खाएको बिल नतिर्ने एक जना पक्राउ-Sutra News

‘डीएसपी हुँ’ भन्दै रेस्टुरेन्टमा खाएको बिल नतिर्ने एक जना पक्राउ

मंगलबार, ९ बैशाख २०८२

मंगलबार, ९ बैशाख २०८२

काठमाडौं । नेपाल प्रहरीको डीएसपी भन्दै रेस्टुरेन्टमा खाएको बिल नतिर्ने एक व्यक्ति पक्राउ परेका छन्।



प्रहरीले बाग्लुङको बाग्लुङ नगरपालिका–४ कुडुलफेदीका ३२ वर्षीय चन्द्रकान्त पौडेललाई पक्राउ गरेको हो। उनले आफूलाई डीएसपी भन्दै धम्क्याउँदै आएका थिए।

उनी प्रहरी नभई सर्वसाधारण व्यक्ति रहेको पाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी वसन्त शर्माले बताए।

पोखरा महानगरपालिका–८ सृजनाचोकमा रहेको ढावा रेस्टुरेन्ट एण्ड बारमा खानेकुरा खाएपछि उनले डीएसपी भन्दै ९ वैशाखको राति १० बजेतिर धम्क्याएका थिए।

अभद्र व्यवहार गर्दै रकम नतिरी धम्क्याउन थालेपछि प्रहरीलाई खबर गरिएपछि वडा प्रहरी कार्यालउ बैदामबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार