शिक्षकपछि १० बुँदे माग राख्दै कर्मचारी ट्रेड युनियनले दियो आन्दोलनमा उत्रिने चेतावनी-Sutra News

शिक्षकपछि १० बुँदे माग राख्दै कर्मचारी ट्रेड युनियनले दियो आन्दोलनमा उत्रिने चेतावनी

मंगलबार, ९ बैशाख २०८२

मंगलबार, ९ बैशाख २०८२

काठमाडौं । निजामती कर्मचारी ट्रेड युनियनले विभिन्न १० बुँदे माग पेश गर्दै पूरा गर्न सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ । मंगलबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा कर्मचारी ट्रेड युनियनका नेताहरूले माग राखेका हुन् ।



युनियनले ७२ घण्टाभित्र आफ्ना माग सम्बोधन नभए आन्दोलन सुरु गर्ने चेतावनी दिएका छन् । विशेषगरी निजामती कर्मचारी विधेयक तत्काल अघि बढाउन कर्मचारीहरुको माग छ ।

साथै, ट्रेड युनियन अधिकार, वृत्ति विकास, समायोजन, सरुवा प्रणाली, अन्तरतह समन्वय, अस्थायी करारको मागसम्बन्धी, स्थानीय तहको पदस्थापन, स्वास्थ्यी र संसद् सेवा कर्मचारीसम्बन्धी, अतिरिक्त सचिवको व्यवस्थालगायतका माग अघि सारेका छन् ।

संसदको राज्य व्यवस्था समितिमा निजामतीसम्बन्धी विधेयक लामो समयदेखि विचाराधीन अवस्थामा छ । संसदको वर्षे अधिवेशन सुरु हुँदै गर्दा कर्मचारीहरुले दबाब दिने गरी यस्तो माग राखेका हुन् ।

अहिले शिक्षा ऐनलगायतका विभिन्न माग राख्दै शिक्षकहरु विगत २१ दिनदेखि आन्दोलनमा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार