

काठमाडौं । बौद्विक अभिनेत्री भनेर चिनिने सुरक्षा पन्तले पूर्वराजा ज्ञानेन्द्र शाह सामान्य नागरिक भएको टिप्पणी गरेकी छन्।
एउटा अन्तरवार्तामा सुरक्षालाई पूर्वराजा ज्ञानेन्द्रको तस्बिर देखाएर उनको विषयमा टिप्पणी गर्न लगाइएको थियो। त्यसबारे टिप्पणी गर्दै उनले पूर्वराजा अहिले हामीजस्तै जनता नै हुनुहुन्छ भन्ने जवाफ दिइन्।
सुरक्षा भन्छिन्- उहाँ हाम्रो देशको सामान्य नागरिक हुनुहुन्छ। हामीजस्तै जनता नै हुनुहुन्छ। अझ सचेत जनता हुनुहुन्छ जस्तो लाग्छ। किनभने धेरै अगाडिको एउटा प्रिभिलेज सिस्टमबाट आउनु भएको छ, उहाँले अझ धेरै दुनियाँ देख्नु भएको छ।’
त्यसकारण पनि पूर्वराजाले नेपालको हक-हितको लागि काम गर्नुपर्ने बताइन्।
अहिले भइरहेको ‘राजा आऊ देश बचाऊ’ भन्ने आन्दोलनबारे अहिले भइरहेको गणतन्त्रलाई अझ बलियो बनाउन पनि यस्तो बहस हुनुपर्ने उनले बताइन्। पूर्वराजा ज्ञानेन्द्र आफू फेरि राजा बना चाहिरहेको हैन, बल्की उनको नाममा अरू कोही इच्छुक भएर उनलाई पोरयोग गरिरहेको उनको दाबी छ। यस अभियानमा एउटा ठूलो संगठन लागिरहेको उनले बताइन्।
तीनकुनेको हिंसात्मक राजावादी प्रदर्शनका कमान्डर दुर्गा प्रसाईंबारे प्रश्नकर्ताले सोधेको प्रश्नमा सुरक्षा भन्छिन्- के पारा हो त्यो, गाडी चलाएर हिँडेको ? त्यो त अमानवीय पारा हैन र ? आन्दोलनको नाममा त्यसरी गाडी हुइक्याएर हिँड्ने भनेको तपाईं गर्ने उहाँको हक-अधिकार छ दाइ, उहाँले आफ्नो विचार राख्न पाउनुहुन्छ।
सुरक्षाले प्रसाईंलाई कसैले उभ्याएको तर्क गरेकी छन्। ‘उहाँलाई पनि अगाडी उभ्याइएको होला नि दाइ, पछाडी कोको छन् भनेर हामीलाई के था ! जुन व्यबहार त्यो समयमा भएको थियो, त्यसलाई हामीले सपोर्ट गर्नै मिल्दैन नि। उनी थप्छिन्, त्यो हिरोगिरी फिल्ममा ठीक हुन्छ, रियल लाइफमा हैन,’ उनले भनिन्।
उनले प्रसाईंको समर्थकलाई हेरेर आफू दंग पर्ने गरेको बताइन्। ‘उहाँको जुन किसिमको फलोवर छ, त्यो भनेको त पावर होनी। त्यसलाई सदुपयोग गर्नुस् भनेर सल्लाह दिन चाहन्छु।’
भोली गएर हिरासतमुक्त भएपछी सबैलाई हीत हुने किसिमको काम गर्न उनले सुझाएकी छिन्।
त्यसैगरी उनले कुराकानीका क्रममा कुलमान घिसिङ बारे सोधिएको प्रश्नमा कसैलाई भगवान पनि बनाइहाल्न नहुने बताइन्।
बालेन शाहले ‘सिंहदरबार जलाइदिन्छु, टुकुचामा गाड्दिन्छु’ भन्नेजस्ता भिव्यक्ति दिइरहेको भन्दै दीगोपन चाहनेले सभ्य तरिकाले आफ्ना कुरा राख्नुपर्ने उनको तर्क छ।
पूर्वनवयुवराज हृदयन्द्र शाहबारे सुरक्षाले भनिन्, ‘उहाँको ठूलो फ्यान छ नि दाइ… योङ्स्टर नानी केटीहरुको। धेरैले उहाँलाई मन पराउनुहुन्छ।’
त्यसपछि प्रश्नकर्ताले थपे, ‘तपाईं उहाँलाई भविष्यमा कुन रुपमा हेर्न चाहनुहुन्छ ?’ सुरक्षाले भनिन्, ‘आउनुस फिल्म इन्डष्ट्रीमा। राम्रो हुनुहुन्छ। लुक्सहरु राम्रो छ। हाइ होप अभिनय पनि सक्नुहुन्छ होला। कुनै आर्टतिरै लाग्नुभयो भने दामी हुन्छ होला। सिनेमा क्षेत्रमा पनि स्वागत छ उहाँलाई।’
‘केही राजनीतिकर्मीले उहाँलाई राजा बनाउनुपर्छ पनि भनेका छन् नि ?’, अर्को प्रश्न सोधियो। सुरक्षाले त्यो सम्भावनालाई इन्कार गरिन्।
‘राजा त अब… राजा बनाउने व्यवस्था त कहाँ हामीले स्वीकारेकै छैनौं, कस्तो राजा। आइ थिंक पहिलेको राजपरिवारहरु स्पोट्र्समा बढी रुचि राखेको मैले थाहा पाएको थिएँ। उहाँ पनि कुनै स्पोट्र्समा इन्भल्भ हुन सक्नुहुन्छ। फिल्ममा पनि धेरै जनासँग राम्रो जोडी देख्छ उहाँको। अभिनय चाहिँ आउनुपर्यो, यत्तिकै त कसले एक्सेप्ट गर्छ र !’ उनले भनिन्।
केहीले अन्तरवार्ताको यो क्लीप अहिले राखेर उनको समर्थन पनि गरेका छन् भने केही राजावादीले आलोचना गरेका छन्। कतिले भिडिओ नै बनाएर उनलाई भद्दा गालीगलौज गरेको पनि देख्न सकिन्छ। पूर्वराजपरिवारको सदस्यलाई मर्यादाहिन तरिकाले खिसिट्यूरी गरेको आरोप राजावादीहरुको छ।