श्रीमती र छोराछोरीमाथि खुकुरी प्रहार गरेर भागेका तामाङ पक्राउ-Sutra News

श्रीमती र छोराछोरीमाथि खुकुरी प्रहार गरेर भागेका तामाङ पक्राउ

मंगलबार, ९ बैशाख २०८२

मंगलबार, ९ बैशाख २०८२

काठमाडौं। काठमाडौंको सानागाउँमा श्रीमती र छोराछोरीमाथि खुकुरी प्रहार गरेर भागेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।



रामेछापको खाँडादेवी घर भई शंखरापुर नगरपालिका ९ सानागाउँमा डेरा बस्दै आएका पदमबहादुर तामाङलाई नुवाकोटबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपीलराज बोहराले बताए।

आइतबार राति उनले खुकुरी प्रहार गरी श्रीमती पुतली तामाङको हत्या गरेको आरोप छ।

यस्तै खुकुरी प्रहारबाट ११ वर्षका छोरा र १० वर्षकी छोरी पनि घाइते भएका छन्। उनीहरुको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। उनीहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जानकारी दिएको छ।

पुतलीको भने त्यसै बेलुका मृत्यु भएको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार