एउटै हिरोसँग १३० वटा फिल्म गरेर रेकर्ड बनाएकी मलयालमकी शीला-Sutra News

एउटै हिरोसँग १३० वटा फिल्म गरेर रेकर्ड बनाएकी मलयालमकी शीला

मंगलबार, ९ बैशाख २०८२

मंगलबार, ९ बैशाख २०८२

एजेन्सी । सन् १९६२ देखि अभिनय थालेकी अभिनेत्री शीलाले एउटै हिरोसँग १३० वटा फिल्म हेरेर रेकर्ड बनाइन्। उनले उक्त बनाएको हिरो प्रेमसँग उनले गरेका १३० फिल्ममध्ये ५० वटा हिट भएका थिए। सबैभन्दा धेरै फिल्ममा जोडी भएर काम गरेकाले उनीहरूको नाम ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स’मा समेत लेखिएको छ। यी दुवैले सन् १९६२ देखि १९८१ को बीचमा १३० वटा फिल्ममा काम गरेका थिए।



६० र ७० को दशकमा हिरोभन्दा महंगो पारिश्रमिक लिने गरेकी शीलाले सन् १९६२ मा रिलिज भएको तमिल फिल्म ‘पासाम्’बाट अभिनेत्रीको रुपमा डेब्यु गरेकी थिइन्।

यसपछि उनले करिअर फर्केर हेर्नु परेन। आफ्नो सक्रिय करिअरमा झन्डै ५ सय फिल्ममा काम गरेकी उनले सन् १९८३ मा सन्न्यास लिएकी थिइन्। तर, २२ वर्षपश्चात सन् २००३ मा उनी पुनः फिल्म अभिनयमा फर्किइन्।

शीलाको पहिचान अभिनेत्रीको रुपमा मात्र छैन। उनले कयौं फिल्म लेखेकी छन् भने ‘शिखरंगल’ र ‘यक्षगानोम’ गरी दुईवटा फिल्म निर्देशन पनि गरेकी छन्। उनी पेन्टर पनि हुन्।

उनले एकपटक होटल ली-मेरीडियनमा आफ्नो पेन्टिङको प्रदर्शनी गरेकी थिइन्, जसमा ९३ वटा पेन्टिङ बिक्री भएको थियो। उनले अभिनयबाट ‘राष्ट्रिय अवार्ड’देखि ‘केरल स्टेट फिल्म अवार्ड’सम्म जितेकी छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार