नेपाल–भारतबीच अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि सम्झौता-Sutra News

नेपाल–भारतबीच अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि सम्झौता

मंगलबार, ९ बैशाख २०८२

मंगलबार, ९ बैशाख २०८२

काठमाडौं । नेपाल र भारतबीच दुईवटा ४०० केभी क्षमताका अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि आज ऐतिहासिक सम्झौतापत्रमा हस्ताक्षर भएको छ।



मंगलबार नेपालका ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्का र भारतका विद्युत तथा आवास मन्त्री मनोहरलाल खट्टरको संयुक्त उपस्थितिमा राजधानीमा उक्त सम्झौता सम्पन्न भएको हो।

भारतीय मन्त्री खट्टर उर्जामन्त्री खड्काको निमन्त्रणमा दुई दिने नेपाल भ्रमणमा छन्। उनी नेपाल आएकाे बेला भएको सम्झौताअनुसार इनरुवा–न्यु पूर्णिया र दोदोधारा (लम्की)–बरेली प्रसारण लाइन निर्माणका लागि संयुक्त कम्पनी गठन गरिनेछ ।

जसमा सम्बन्धित देशको ५१ प्रतिशत शेयर स्वामित्व हुनेछ भने बाँकी ४९ प्रतिशत अर्को देशको हुनेछ। नेपाल विद्युत प्राधिकरणका निर्देशक कमल आचार्य र भारतका पावर ग्रिड लिमिटेडका निर्देशक डा. यतिन्द्र दुवेदीले संयुक्त रुपमा सम्झौतापत्रमा हस्ताक्षर गरे।

नेपालस्थित भारतीय दूतावासले सम्झौताअनुसार प्रसारण कोरिडोर निर्माणबाट दुवै देशबीचको विद्युत प्रवाह अझ सहज र प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार