उच्च बिन्दुमा पुगेको भोलिपल्टै सुनको मूल्यमा उच्च गिरावट-Sutra News

उच्च बिन्दुमा पुगेको भोलिपल्टै सुनको मूल्यमा उच्च गिरावट

बुधबार, १० बैशाख २०८२

बुधबार, १० बैशाख २०८२

काठमाडौं । साताको चौथो कारोबार दिन (बुधबार) सुनको मूल्यमा उच्च गिरावट आएको छ । मंगलबार एकै दिन प्रतितोला ६ हजार ९ सय रुपैयाँले बढेको सुनको मूल्यमा बुधबार प्रतितोला ७ हजार ५ सय* रुपैयाँले घटेको हो ।



नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य घटेसँगै बुधबार सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ४ सय रुपैयाँमा झरेको छ । यसअघि मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको थियो । जुन मूल्य हालसम्मकै उच्च हो ।

सुनको मूल्यमा उच्च गिरावट हुँदै गर्दा बुधबार चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । मंगलबारको तुलनामा प्रतितोला ५ रुपैयाँले घट्दै चाँदी प्रतितोला १ हजार ९६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

आज अन्तराष्ट्रिय बजारमा भने सुनको मूल्य प्रतिऔंश ३३४५ डलरमा किनबेच भइरहेको छ ।

विशेषगरी अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा तिव्र उतारचढाव आउँदा स्थानीय बजारमा सुनको मूल्यमा उतारचढाव आएको जानकारहरु बताउँछन् । तिव्र उतारचढाव भइरहँदा खरिद–बिक्री प्रभावित भएको व्यवसायीहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार