

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेको भनी प्रकाशित समाचारलाई लिएर सर्वोच्च अदालतमा अदालतको अवहेलना मुद्दा दर्ता भएको छ ।
उक्त समाचारलाई लिएर सर्वोच्च प्रशासनले ‘नेपाली पेन’ र साे अनलाइनका प्रधान सम्पादक डा.दिपेश केसीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएकाे हाे ।
सर्वोच्चमा कार्यरत नायव सुब्बा कमला रेग्मी र कम्प्युटर असिस्टेन्ट रमेश बजगाईंले नेपाली पेन अनलाइन पत्रिकालाई विपक्षी बनाउँदै मंगलबार अवहेलना मुद्दा दायर गरेका हुन् ।
नेपाली पेन अनलाइनले ‘प्रधानन्यायाधीशले पूर्वराजालाई किन भेटे’ शीर्षकको समाचार प्रशासन गरेको थियो । तर, उक्त समाचार हाल वेबसाइटबाट हटाइएको छ ।
मंगलबार दर्ता भएको उक्त मुद्धामा आज सुनुवाइको लागि न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान टेकप्रसाद ढुङ्गानाको इजलासमा पेशी चढेको छ ।