हर्क साम्पाङकै नेतृत्वमा कुटिएका माओवादी नेता लिम्बूले दिए प्रहरीमा उजुरी-Sutra News

हर्क साम्पाङकै नेतृत्वमा कुटिएका माओवादी नेता लिम्बूले दिए प्रहरीमा उजुरी

बुधबार, १० बैशाख २०८२

बुधबार, १० बैशाख २०८२

काठमाडौं । सडक र ड्रेन बनाउने विवाद मिलाउन धरान पुगेका मेयर हर्क साम्पाङले उक्साएपछि उनका समर्थकद्वारा कुटिएका सन्तोष लिम्बुले प्रहरीमा उजुरी दिएका छन्।



नगर प्रमुख साम्पाङ र वडा नम्बर ११ अध्यक्ष लोकेन्द्र फागोकै अगाडि सोमबार कुटिएका लिम्बूले मेयर साम्पाङसहित तीन जनाविरुद्ध उजुरी दिएका हुन्।

धरान–११ नगरकोट टोल विकास स्रस्थाका अध्यक्ष समेत रहेका लिम्बूले साम्पाङसहित धरान ११ का वडाध्यक्ष लोकेन्द्र फागो र धरान ११ का चङ्खे भन्ने जोन लिम्बूविरुद्ध अभद्र व्यवहारको कसुरमा उजुरी दिए।

नगरकोट-बानडाँडा बाटो स्तरोउन्नतिका लागि प्रदेश सरकारले २० लाख विनियोजन गरेको थियो। बजेट कम भएपछि मास्तिरको क्षेत्रमा मात्रै यस वर्ष काम हुने भएपछि विवाद उत्पन्न भएको थियो। विवाद मिलाउन नगर प्रमुख साम्पाङ सोमबार आउने भनेका थिए।

विवाद मिलाउनुको साटो उनले उल्टै विवाद निकालेको पीडित लिम्बूले बताउँदै आएका छन्। ‘मेयरकै अघि उनका समर्थकले ममाथि हातपात प्रयास गरे, त्यसैले कानुनी उपचार खोजेको हुँ’ लिम्बूले भने।

जोन लिम्बू आफूमाथि आइलागेमनि उनलाई आफूले केही नगरेको तर नगर प्रमुखले उनका समर्थक आफू माथि आई लाग्दा पनि नरोकेको लिम्बुले बताए। लिम्बु माओवादी कार्यकर्ता हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार