ड्रोन हमलामा नौ जनाको मृत्यु, दर्जनौँ घाइते-Sutra News

ड्रोन हमलामा नौ जनाको मृत्यु, दर्जनौँ घाइते

बुधबार, १० बैशाख २०८२

बुधबार, १० बैशाख २०८२

काठमाडौं । युक्रेनी क्षेत्र ड्निप्रोपेट्रोभस्कमा कामदारहरू ओसारपसार गर्ने बसमा रुसी ड्रोन हमलामा कम्तीमा नौ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएका छन् ।



घाइतेको संख्या निरन्तर बढ्दै गइरहदा हाल संख्या ३० पुगेको अन्राष्ट्रिय सञ्चारमाध्यकहरुले जनाएका छन् । युक्रेनी अधिकारीहरूले रुसी आक्रमणपछि धेरै क्षेत्रमा आगलागी भएको पनि रिपोर्ट गरेका छन् ।  किएभ, खार्किभ, पोल्टावा र ओडेसाका क्षेत्रहरूमा पनि आक्रमण भएको रिपोर्ट गरिएको छ । रुसमा बेलगोरोड क्षेत्रमा भएको गोलाबारीमा एक जना घाइते भएको बताइएको छ ।

तीन वर्षभन्दा लामो द्वन्द्व अन्त्य गर्ने उद्देश्यले संयुक्त राज्य अमेरिका, युक्रेन र युरोपेली देशका दूतहरूले बुधबार बेलायतमा नयाँ चरणको वार्ता गर्ने क्रममा आक्रमण भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार