ओलीले गरे ऊर्जा राज्यमन्त्री तामाङलाई बर्खास्त-Sutra News

ओलीले गरे ऊर्जा राज्यमन्त्री तामाङलाई बर्खास्त

बुधबार, १० बैशाख २०८२

बुधबार, १० बैशाख २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई बर्खास्त गरेका छन् । बालुवाटार स्रोतले जनाएअनुसार बुधबार राज्यमन्त्री तामाङलाई बर्खास्त गरिएको हो।



तामाङले प्रधानमन्त्री ओलीका कतिपय निर्णयमा विमति राख्दै आएका थिए । विशेषगरी कुलमान घिसिङ बर्खास्तीको विषयमा उनको विमती थियो । उनले मन्त्रिपरिषद बैठकमै पनि घिसिङ बर्खास्तीको विषयमा विमति राखेका थिए ।

घिसिङको पक्षमा उभिएकै कारण ऊर्जा मन्त्रालयमा मन्त्री दीपक खड्का र राज्यमन्त्री तामाङबिच टकरावको अवस्था थियो ।

एकपछि अर्को निर्णयमा विमति जनाएको कारण तामाङलाई प्रधानमन्त्री ओलीले सुरुवातदेखि नै हटाउन चाहिरहेका थिए ।

स्रोतले जनाएअनुसार बुधबारमात्रै गृहमन्त्री रमेश लेखकमार्फत प्रधानमन्त्री ओलीले तामाङलाई राजीनामा दिन भनेका थिए । तर, उनले राजीनामा नदिएपछि बर्खास्त गरेका हुन् ।

राज्यमन्त्री तामाङ कांग्रेसका नेता हुन् ।

तामाङ २०८१ साउन १८ गते ऊर्जा राज्यमन्त्रीमा नियुक्त भएका थिए ।

उनी कांग्रेसभित्र पार्टी सभापति शेरबहादुर देउवा निकटस्थ मानिन्छन् । २०७९ मंसिरमा भएको निर्वाचनमा तामाङ रामेछापबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।

याे पनि…

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार