

काठमाडौं । एमाले सांसद रघुजी पन्त शिक्षामन्त्रीमा नियुक्त हुने भएका छन्।
पन्तलाई शिक्षा मन्त्री बनाउने तयारी गरेको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस विज्ञ रामशरण बजगाईंले जानकारी दिए।
गत ८ वैशाखमा विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिएकी थिइन्। लगत्तै रिक्त पदमा एमालेले पन्तलाई मन्त्री बनाउने भएको हो।
प्रधानमन्त्री निकट स्रोतका अनुसार उनको शपथ भोलि गराउने तयारी छ।