

काठमाडौं । सत्तारुढ नेकपा एमालेले बिहिबार काठमाडौंमा आयोजना गर्न लागेको ‘युवा उत्सव’मा केही चर्चित सांगीतिक प्रस्तुति दिदैछन्।
सूचीमा पछिल्लो वर्ष धेरै सुनिएको गीत ‘म त ढलेँ ढलेँ’ फेम्ड गायिका शान्तारानी परियारदेखि टिकटकतिर धेरै चर्चामा रहेका ब्याण्ड ‘पूर्ण राई एण्ड दाजुभाइहरू’ सम्म समावेश छन्।
एमालेले सामाजिक संजालबाट सार्वजनिक गरेको लाइनअपमा शान्तारानी परियार, एलिना चौहान, वाङदेन शेर्पा एन्ड द काउब्वायज, द एलिमेन्ट्स, सुशान्त एन्ड रागा र पूर्ण राई एण्ड दाजुभाइहरू छन्।
यी सबैले भृकुटीमण्डपमा हुने कार्यक्रममा लाइभ प्रस्तुति दिने जनाइएको छ।