तीनकुने प्रकरण : सविन र सुरेशका परिवारलाई जनही १० लाख दिने सरकारको निर्णय-Sutra News

तीनकुने प्रकरण : सविन र सुरेशका परिवारलाई जनही १० लाख दिने सरकारको निर्णय

बुधबार, १० बैशाख २०८२

बुधबार, १० बैशाख २०८२

काठमाडौं । सरकारले गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक घटनामा परी मृत्यु भएका दुई जनाका परिवारलाई जनही १० लाखका दरले राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ ।



यही वैशाख ८ गते बसेको मन्त्रिपरिषद बैठकले तिनकुने घटनामा ज्यान गुमाएका सविन महर्जन र सुरेश रजकका परिवारलाई जनही १० लाख दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले सो निर्णय गरिएको जानकारी दिए । त्यस्तै सरकारले प्रधानमन्त्रीको अध्यक्षतामा १५ सदस्यीय उच्चस्तरीय शासकीय सुधार आयोग गठन गर्नेसमेत निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार