

काठमाडौं । टर्कीको इस्तानबुलमा बुधबार एकै दिन तीन भूकम्प गएका छन्।
पहिलो भूकम्प स्थानीय समयअनुसार १२:१३ बजे गएको थियो। जुन ३.९ म्याग्निच्युडको थियो।
त्यसको ३६ मिनेटपछि स्थानीय समयअनुसार १२:४९ बजे फेरि ६.२ म्याग्निच्युडको ठूलो भूकम्प गयो।
यसको ठीक २ मिनेटपछि फेरि ४.४ म्याग्निच्युडको भूकम्प गएको बीबीसीले जनाएको छ।
भूकम्प आएपछि मानिसहरू घरबाट सडकमा निस्किएका थिए। हालसम्म भूकम्पबाट कुनै क्षतिको समाचार भने आएको छैन।