राप्रपा नेपाल कार्यसम्पादन समितिको बैठक बस्दै, के हुन् विषय ?-Sutra News

राप्रपा नेपाल कार्यसम्पादन समितिको बैठक बस्दै, के हुन् विषय ?

बिहिबार, ११ बैशाख २०८२

बिहिबार, ११ बैशाख २०८२

काठमाडौं । राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ ।



आज दिउँसो १:३० बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा बैठक बस्ने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, आन्दोलनको तयारी र पार्टीको भूमिका तथा साङ्गठनिक गतिविधिका बारेमा छलफल हुने बर्तौलाले बताए । तीनकुने घटना र सो घटनाको आधारमा पक्राउ परेका आस्थाका बन्दीहरूको रिहाइको बारेमा समेत बैठकमा छलफल हुने बताइएको छ।

तीनकुने घटनाको बारेमा निष्पक्ष न्यायिक छानबिन आयोग गठन नभएकोमा पार्टी असन्तुष्ट समेत रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार