

काठमाडाैं । स्थानीय बजारमा साताकाे पाँचाै काराेबार दिन (बिहीबार) सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा बिहीबार सुनको मूल्य प्रतिताेला २०० रुपैयाँले बढेकाे हाे ।
मूल्य बढेसँगै बिहीबार सुनकाे मूल्य प्रतिताेला १ लाख ९० हजार ६०० रुपैयाँ भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
यसअघि मंगलबार एकै दिन प्रतितोला ६ हजार ९ सय रुपैयाँले बढेको सुनको मूल्यमा बुधबार प्रतितोला ७ हजार ५ सय रुपैयाँले घटेको हो । बुधबार सुनकाे मूल्य प्रतिताेला १ लाख ९० हजार ४०० रुपैयाँमा किनबेच भएकाे थियाे ।
सुनकाे मूल्य बढेकै दिन बिहीबार चाँदीकाे मूल्यमा उच्च वृद्धि भएकाे छ । बिहीबार चाँदी प्रतिताेला ४५ रूपैयाँले बढेकाे महासंघले जनाएकाे छ । मूल्य बढेसँगै बिहीबार चाँदीकाे मूल्य प्रतिताेला २ हजार १० रूपैयाँ कायम भएकाे महासंघले जनाएकाे छ ।
आज अन्तराष्ट्रिय बजारमा भने सुनको मूल्य प्रतिऔंश ३३२६ डलरमा किनबेच भइरहेको छ ।