पियोर इनर्जीको आईपीओ बाँडफाँड-Sutra News

पियोर इनर्जीको आईपीओ बाँडफाँड

बिहिबार, ११ बैशाख २०८२

बिहिबार, ११ बैशाख २०८२

काठमाडौं । पियोर इनर्जी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको साधारण शेयर (आईपीओ) बिहीबार बाँडफाँड भएको छ ।



आईपीओका लागि १८ लाख ५४ हजार ४९७ जनाले आवेदन दिएकोमा १ लाख १९ हजार ५२० जनाले १० कित्ताका दरले शेयर पाएका छन् ।

कम्पनीले चैत २८ गतेदेखि वैशाख २ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँको दरमा ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता शेयर निष्काशन गरेको थियो ।

कम्पनीको कुल चुक्ता पुँजी ८० करोड रहेको छ । जसमा संस्थापकको ८० प्रतिशत स्वामित्व रहेको छ भने २० प्रतिशत शेयर सर्वसाधारणको लागि निष्कासन भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार