श्रीमतीसँग सम्बन्ध विच्छेदको मुद्दा हालेका सिकेके फेसबुक प्रोफाइलमा राखे ‘युगल तस्बिर’-Sutra News

श्रीमतीसँग सम्बन्ध विच्छेदको मुद्दा हालेका सिकेके फेसबुक प्रोफाइलमा राखे ‘युगल तस्बिर’

बिहिबार, ११ बैशाख २०८२

बिहिबार, ११ बैशाख २०८२

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सिके)ले श्रीमतीसँगको तस्बिर आफ्नो सामाजिक संजालमा राखेका छन्।



सिके राउत सचिवालय नामको फेसबुक पेजमा उनले श्रीमती सोनी सिन्धु रानीसँगको तस्बिरलाई प्रोफाइल तस्बिर बनाएका छन्।

त्यसअघि सिके र उनकी श्रीमतीबीचको सम्बन्धमा दरार आएको विषय सार्वजनिक भएको थियो। यसबारे सिके र उनकी श्रीमतीले पनि संचारमाध्यमहरूमा एक-अर्कालाई आरोप-प्रत्यारोप गर्दै अन्तर्वार्ताहरू दिइरहेका थिए।

गएको भदौमा सिकेके ललितपुर जिल्ला अदालतमा श्रीमती रानीसँग सम्बन्ध विच्छेदका लागि मुद्दा दायर समेत गरेका थिए।

श्रीमती सिन्धु रानी घरमा नबस्ने, माइत मात्र जाने गरेको भन्दै आफूले सम्बन्ध विच्छेद गर्न चाहेको राउतले मुद्धामा उल्लेख गरेका छन्। उनले मुद्दा शीर्षक ‘अंश सम्बन्ध विच्छेद’ उल्लेख गरेका छन्। उनका दुई छोरी र एक छोरा छन्।

४७ वर्षीय राउत प्रतिनिधि सभामा सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन्। पुल्चोक क्याम्पसबाट कम्प्युटर इन्जिनियरिङमा स्नातक गरेका उनले बेलायतको क्याम्ब्रिज विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार