‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशकको नयाँ फिल्म ‘कोशेढुङ्गा’ भदौ १२ बाट हलहरूमा-Sutra News

‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशकको नयाँ फिल्म ‘कोशेढुङ्गा’ भदौ १२ बाट हलहरूमा

बिहिबार, ११ बैशाख २०८२

बिहिबार, ११ बैशाख २०८२

काठमाडौं । कीर्तिमानी फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलको नयाँ फिल्म ‘कोशेढुङ्गा’ आगामी भदौ १२ गतेबाट प्रदर्शनमा आउने भएको छ। बिहीबार निर्माण पक्षले फर्स्टलुक पोस्टर सार्वजनिक गरेको हो। उक्त मिति हरितालिका तीजको पर्सिपल्ट अर्थात् ऋषिपञ्चमीको दिन परेको छ।



सार्वजनिक पोस्टरमा फिल्मकी मुख्य कलाकार सुरक्षा पन्त मात्र चित्रित छिन्। पछ्यौराले टाउको ढोकेकी उनको सिउँदोमा सिन्दुर देख्न सकिन्छ। यसबाट प्रष्ट हुन्छ- फिल्ममा उनी विवाहित महिलाको भूमिकामा छिन्। पृष्ठभूमिमा भने रातो माटो र सेतो कमेरोले लिपेको घर देखिन्छ। यसले फिल्मको कथा ग्रामीण परिवेशमा आधारित रहेको संकेत गर्छ।

निर्देशक पौडेलले फिल्मको कथाबारे पोस्टरले केही संकेत गरेको बताए। उनी भन्छन्, ‘पोस्टरले पक्कै केही कुरा संकेत गरेको छ। यसलाई अहिले यतिमै सीमित गरौँ। अलि बढी कथा आउने अन्य सामाग्रीबाट खोल्दै जानेछौँ।’ यसमा उनी स्वयंको लेखन छ।

‘कोशेढुङ्गा’मा सुरक्षासहित आर्यन सिग्देल, नीति शाह, प्रवीण खतिवडा, ऋचा शर्मा, सरोज खनाल, विशाल पहाडी, लोकमणी सापकोटा, हिउँवाला गौतम, दिनेश काफ्ले, शेखर चापागाईं, सिरु विष्ट, उद्वव सापकोटा लगायतको अभिनय छ।

बाबु श्रेष्ठको डीओपी रहेको फिल्ममा प्रेविल कँडेल र किशोर अनुराग निर्मातामा छन् भने कार्यकारी निर्माता दिनेश खड्का हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार