सर्वसाधारणलाई बीच बाटोमै निर्घात कुट्ने चार जना ट्राफिक प्रहरी कारबाहीमा-Sutra News

सर्वसाधारणलाई बीच बाटोमै निर्घात कुट्ने चार जना ट्राफिक प्रहरी कारबाहीमा

बिहिबार, ११ बैशाख २०८२

बिहिबार, ११ बैशाख २०८२

काठमाडौं । सर्वसाधारणलाई बीच बाटोमै कुट्ने चार जना ट्राफिक प्रहरी कारबाहीमा परेका छन्।



उनीहरूलाई ट्राफिक प्रहरी वृत्त जनसेवाको जिम्मेवारीबाट हटाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दिपक गिरीले जानकारी दिए।

उनीहरू चार जनालाई नै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय झिकाएर आवश्यक अनुसन्धान भइरहेको छ।

गत मंसिर ११ गते ती व्यक्तिमाथि काठमाडौंको सुन्धारास्थित आकाशे पुलमुनि कुटपिट भएको थियो। उक्त भिडिओ बिहीबार बिहानैबाट यतिबेला सामाजिक सञ्जालमा भाइरल छ।

त्यस भिडिओमा चार जना ट्राफिक प्रहरी देखिन्छ। उनीहरूबाट एक व्यक्तिलाई लडाएर कुटपिट गरेको देखिएको छ।

ती युवालाई बुटले हानेर ढालेपछि कठालो समातेर ट्राफिक प्रहरीले लछारपछार गरेको भिडिओमा देखिन्छ। कुटपिट गर्दै कागजपत्र भुईँमै फ्यालेर एक ट्राफिक प्रहरी हिँडेको भिडिओमा देखिन्छ।

सामाजिक सञ्जालमा अहिले प्रहरीको तीव्र आलोचना भइरहेको छ।

केही अघि पनि विमानस्थलमा प्रहरीले एक युवालाई यसरी गरी लछारपछार गरेको भिडिओ सार्वजनिक भएको थियो। उक्त घटनामा संलग्न ३ प्रहरीलाई उपत्यका प्रहरीले तानेर अनुसन्धान थालेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार