

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले चाह्यो भने नेपाली काँग्रेस सरकारबाट बाहिरिन सक्ने बताएका छन् ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै कांग्रेसले चाह्यो भने सरकारबाट बाहिरिने बताएका हुन् ।
‘आज हामी बाध्यतामा छौं । सरकारमा हामी एक्लै छैनौँ । कतिपय हामीले कम्परमाइज गरेका छौं । तर आधारभूत कुराहरूमा हामी कम्परमाइज गर्दैनौँ,’ उनले भने, ‘हामीले भन्न सक्नुपर्छ, पर्यो भने हामी यस्तो सरकारबाट बाहिर जान्छौँ । सरकार सबैभन्दा ठूलो कुरा होइन । ’
उनले मुलुक र लोकतन्त्रमा देखिएका समस्याहरूको समाधान नेपाली काँग्रेसले दिनुपर्ने बताए । उनले लोकतन्त्रको रक्षा र जनताको अधिकार प्राप्तिको लागि कसैसँगपनि सम्झौता नगरिने स्पष्ट पारे ।