सरकार धेरै समय टिक्नेमा प्रधानमन्त्री आफैं विश्वस्त छैनन्-Sutra News

सरकार धेरै समय टिक्नेमा प्रधानमन्त्री आफैं विश्वस्त छैनन्

बिहिबार, ११ बैशाख २०८२

बिहिबार, ११ बैशाख २०८२

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार २ सय ४० वर्षका लागि नबनेको बताएका छन्।



एमालेले बिहीबार काठमाडाैंमा आयोजना गरेको युथ सेलिब्रेसन कार्यक्रममा ओलीले सरकारको चिन्ता नगर्न आग्रह गर्दै कार्यकर्तालाई मिसन ०८४ मा लाग्न आग्रह गरेका छन्।

उनले भने, ‘सरकार जान्छ–जान्छ भनेर भनिँदै छ। यो तानाशाही होइन। लोकतन्त्रमा पाँच वर्षका लागि सरकार बन्छ। यहाँ १ सय ४ वर्षका लागि २ सय ४० वर्षका लागि सरकार बनेको होइन। अब हामीले चुनावको तयारी गर्नुपर्छ। सरकार बचाऊ, बचाऊ भनेर एमालेले भनेको छैन। ढुक्कले मिसन २०८४ मा लाग्नुहोस्। सरकार चलाउने, बनाउने, टिकाउने सकेसम्मका प्रयास एमालेले गर्छ।’

उनले संसद‍्को बनावटअनुसार ठीक ढंगले देशलाई अघि बढाउन सकेसम्म प्रयासहरु एमालेले गर्ने बताए।

त्यसअघि सार्वजनिक कार्यक्रमहरूमा पटकपटक सरकार ०८४ सम्मै जान्छ भनेर दाबे गरिरहने ओली यसपटक भने उक्त आत्मविश्वासमा देखिएनन्। खासगरी प्रमुख प्रति[पक्ष दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन आफू तयार रहेको भन्ने प्रस्ताव अघि सारेपछि ओली सरकार लामो समय जान्छ भन्नेमा विश्वस्त देखिएका छैनन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार