

आज मिती २०८२ साल वैशाख महिनाको १२ गते शुक्रबार तदनुसार अप्रिल महीनाको २५ तारीख सन् २०२५, वैशाख कृष्ण पक्षको द्वादशी तिथी एवं २०७२ सालको महाभूकम्पको सम्झना दिवस तथा विश्व औंलो दिवस, आज बिहान ५ बजेर २९ मिनेटमा काठमाण्डौ उपत्यकामा झुल्कीएको घाम साँझ ६ बजेर ३४ मिनेटमा अस्ताउने छ ।
मेष राशी: दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने समय भएपनि नयाँ कामको प्रस्ताव आउँदा हिम्मत गर्न नसक्दा केही पछि परिने सम्भावना छ । तार्किक क्षमताले मानसम्मान दिलाउन सक्ने योग रहनाले कर्मबल र दायित्व बढ्नेछ । मित्रजनको सहयोग प्राप्त हुनाले बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ ।
बृष राशि: सोचेको काम सफलता पूर्वक सम्पन्न हुने समय भएपनि आजको दिन नजिकका साथीभाइ टाढिन सक्ने समय रहेको छ। अरूको फाइदाका लागि उपयोग हुने सम्भावना रहेकाले आफ्ना लागि परिस्थिति प्रतिकूल रहने देखिन्छ । प्रतिस्पर्धामा केही कमजोर सावित हुने सम्भावना रहेकाले आफन्तबाट समेत टाढिनुपर्ने समय रहेको छ ।
मीथुन राशि: आजको दिन बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिने सम्भावना रहेपनि नसोचेको ठाउँबाट धनलाभ हुने देखिन्छ । काम बिग्रने डरले चाहिँ सताइरहन सक्ने हुनाले महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । आफ्नै कमजोरीले विवादमा परिने योग रहेकाले कसैलाई जथाभावी वचन दिने कार्य नगर्नु हितकर हुनेछ।
कर्कट राशि: आजको दिन रमाइलैसँग बित्नुका साथै परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ । तपाईंको कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरूले राम्रो फाइदा दिलाउनुका साथै रमाइलो यात्राको योग रहेको छ । पारिवारिक सुख मिल्नुका साथै आजको दिन मनोरंजनपूर्ण रहनेछ ।
सिंह राशि: पारिवारिक भेटघाटको समय रहेकाले विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला । ठूलै फाइदाको आश्वासन पनि मिल्न सक्ने हुनाले विशेष योजनाहरू बन्नेछन् । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नुका साथै सार्वजनिक कार्यक्रममा आकर्षण बढ्नेछ । कुनै कलात्मक काम रोकिएको छ भने आज प्रयास गर्दा सफलता मिल्ने समय छ ।
कन्या राशि: भाग्यले सोचेभन्दा बढी नै फाइदा दिलाउन सक्ने हुनाले चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनुका साथै सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने योग छ । बलभन्दा बुद्धिको उपयोग गर्न सक्दा फाइदा रहेपनि आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन्, सावधानीपूर्वक काम गर्नुहोला ।
तुला राशी: आजका दिन पारिवारिक जमघटमा मन रमाउनुका साथै तपाईका प्रतिस्पर्धी परास्त होलान् । सहयोगीहरूले राम्रै साथ दिनुका साथै काममा सोचेजस्तै लाभ मिल्ने समय रहेपनि आजको लाभांश सुरक्षित वा सञ्चय नहुन सक्छ, सावधान रहनुहोला । विलासी काममा आकर्षण बढ्नुका साथै आफन्तको साथ प्राप्त हुनेछ ।
बृश्चिक राशि: आजको दिन प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनका साथै दिर्घकालिन काममा लगानीको समय छ । अवसरको खोजीमा केही दौडधुप गरेपनि त्यसले धनलाभ गराउने सम्भावना छ । आजको दिन उत्साह बढेपनि तपाईको असंयम व्यवहारले सम्बन्ध बिगार्न सक्छ, सजग रहनु तपाईको लागि हितकर हुनेछ।
धनु राशि: तपाईको महत्वपूर्ण काममा विशिष्ट व्यक्तित्वको सहयोग प्राप्त हुनका साथै मेहनतले प्रशस्त लाभ उठाउन सकिनेछ । व्यापारमा पनि राम्रै फाइदा होला । सहयोगीहरूबाट अलिक धोका पाइने योग रहेकोले सचेत रहनु हितकर हुनेछ। आज खर्चको मात्रा बढ्ने सम्भावना रहेकाले फजुल खर्चबाट जोगिने प्रयास गर्नुहोला ।
मकर राशि: आजको दिन दिर्घकालिन लाभ हुने काम प्रारम्भ गर्ने समय हुनाले गरिएका कामको मूल्यांकन पनि राम्रै हुनेछ । तर, स्वास्थ्यप्रति चाहिँ आजको दिन विशेष ख्याल राख्नु हितकर हुनेछ । साझेदारीको व्यवसायमा फाइदा हुनाका साथै बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । परिवारिक सुख बढ्नुका साथै नियमकानूनले साथ दिनेछ ।
कुम्भ राशि: लामो समयदेखि रोकिएका काम बिस्तारै बन्नेछन् भने नयाँ काम समेत पाइने समय छ । विभिन्न अवसरले पछ्याउनुका साथै बोलीको प्रभाव एवं कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ । अध्ययनमा मन नलागे पनि आत्मविश्वास बढ्नेछ । अनावश्यक विवादमा परिने समय रहेकोले सचेतनाको आवश्यकता छ । बौद्धिक र रचनात्मक कार्य बन्ने समय रहेको छ ।
र, मिन राशि: फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्ने हुनाले होसियारीसाथ काम लिनुपर्ने समय छ । विवेक पुऱ्याउँदा सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिने तथा व्यावसायिक काममा मनग्य फाइदा हुनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नुका साथै आफन्तको साथ कमै मिलेपनि अनुकूलता बढ्नेछ ।