

काठमाडौं । निद्रा स्वस्थ शरीरको लागि धेरै महत्त्वपूर्ण तत्व हो। यसले तपाईंको शरीर र दिमागलाई रिसेट मात्र गर्दैन, गम्भीर रोगहरूबाट बचाएर तपाईंलाई फिट राख्न पनि महत्त्वपूर्ण भूमिका खेल्छ। स्वास्थ्य विज्ञहरूको भनाई अनुसार एक स्वस्थ वयस्कलाई ७ देखि ९ घण्टा पूरा निद्रा लिन आवश्यक मानिन्छ।
स्वास्थ्य विज्ञहरू पर्याप्त निद्रा लिदा धेरै कुराहरूमा मद्दत गर्न सक्ने बताउँछन् जस्तै बिरामी हुने सम्भावना कम गर्ने, स्वस्थ तौल कायम राख्न मद्दत गर्ने, तनाव कम गर्ने र मुड सुधार गर्ने, त्यस्तै अन्य रोगहरु मधुमेह, मुटु रोग, उच्च रक्तचाप र स्ट्रोक जस्ता स्वास्थ्य समस्याहरूको जोखिम कम गर्ने, मुटुको स्वास्थ्य, ध्यान र स्मरणशक्तिमा सुधार गर्न मद्दत गर्ने बताउँछन् ।
यद्यपि, यस्ता विभिन्न स्वास्थ्य लाभहरूको बारेमा थाहा हुँदाहुँदै पनि मानिसहरूले पर्याप्त निद्रा लिनमा ध्यान दिँदैनन्। प्रायः महिलाहरू कम सुत्ने पनि देखिन्छन्। तर के तपाईंलाई थाहा छ महिलाहरूलाई पुरुषको तुलनामा बढी निद्रा चाहिन्छरु तर यो किन हुन्छ ?
विज्ञहरूले सधैं पुरुष र महिला दुवैलाई समान मात्रामा निद्रा लिन भन्ने गरेतापनि, अनुसन्धानले महिलाहरूलाई सामान्यतया उनीहरूको निद्रालाई असर गर्ने समस्याहरू बढी हुने बताउछन् । महिलाको जीवनकालभरि हर्मोनको उतारचढावले उनको निद्राको ढाँचालाई असर गर्न सक्ने जानकारहरु बताउछन्।
महिलाहरूलाई सामान्यतया निद्रालाई असर गर्ने समस्याहरू बढी हुन्छन्, त्यसैले उनीहरूलाई निद्रामा अवरोध वा कम गुणस्तरको निद्राको क्षतिपूर्ति गर्न अलि बढी आवश्यक पर्न सक्छ। पुरुषहरूको तुलनामा महिलाहरूमा अनिद्राको अनुभव हुने सम्भावना ५८ प्रतिशत बढी हुन्छ, जसले गर्दा उनीहरू थप निद्राको लागि घण्टौंसम्म यताउता गर्ने गर्छन्।
यसबाहेक, अनुसन्धानले देखाउँछ कि पुरुषहरूको तुलनामा महिलाहरूलाई रेस्टलेस लेग सिन्ड्रोम (RLS) र स्लीप एपनिया सहित सबै प्रकारका निद्रा गडबडीहरू अनुभव गर्ने सम्भावना बढी हुन्छ। यसले महिलाहरूलाई आराम महसुस गर्न बढी निद्राको आवश्यकता पर्न सक्छ।
यी कारणहरूले गर्दा महिलाहरूको निद्रा प्रभावित हुन्छ:
-हर्मोनल परिवर्तनहरू
-डिप्रेसन र चिन्ता
-निद्रामा समस्या आदि।