घट्यो सुनचाँदीको मूल्य-Sutra News

घट्यो सुनचाँदीको मूल्य

शुक्रबार, १२ बैशाख २०८२

शुक्रबार, १२ बैशाख २०८२

काठमाडौं । साताको अन्तिम कारोबार दिन (शुक्रबार) स्थानीय बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार बिहीबारको तुलनामा सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको हो ।



मूल्य घटेसँगै शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ६ सय रुपैयाँ कायम भएको छ । यसअघि बुधबारको तुलनामा प्रतितोला २ सय रुपैयाँले बढ्दै बिहीबार सुनको मूल्य १ लाख ९० हजार ६ सय रुपैयाँ कायम भएको थियो ।

सुनको मूल्य घट्दै गर्दा आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार बिहीबारको तुलनामा आज प्रतितोला १० रुपैयाँले घटेको छ ।

मूल्य घटेसँगै शुक्रबार चाँदीको मूल्य प्रतितोला २ हजार रुपैयाँ कायम भएको छ ।

आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंश ३ हजार ३२० डलरमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार