तीनकुनेको राजावादी आन्दोलनमा संलग्न थप एक जना पक्राउ-Sutra News

तीनकुनेको राजावादी आन्दोलनमा संलग्न थप एक जना पक्राउ

शुक्रबार, १२ बैशाख २०८२

शुक्रबार, १२ बैशाख २०८२

काठमाडौं । तीनकुनेको हिंसात्मक घटनामा संलग्न थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले काभ्रेपलाञ्चोकको धुलिखेल घर भएका ४० वर्षीय मनोज भन्ने मिनोज थापालाई पक्राउ गरेको हो ।



०८१ चैत १५ गते तीनकुनेस्थित खुला चौरमा राजसंस्था पुनस्र्थापनाको माग गर्दै राजावादीहरुले प्रदर्शन गरेका थिए । तर प्रदर्शनका क्रममा तोडफोड, लुटपाट र आगजनी भएपछि सरकारले उक्त कार्यमा संलग्नहरूलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

थापालाई काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उक्त दिन तिनकुनेमा दुई जनाले ज्यान गुमाएभने ठाउँठाउँमा आजगनी, तोडफोड र लुटपाटका घटना भएका भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार