७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाउने सञ्चारमन्त्रीको चेतावनी-Sutra News

७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाउने सञ्चारमन्त्रीको चेतावनी

शुक्रबार, १२ बैशाख २०८२

शुक्रबार, १२ बैशाख २०८२

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दोहोर्‍याएका छन् ।



शुक्रबार काठमाडौंमा राष्ट्रिय सूचना आयोगद्वारा आयोजित सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री गुरुङले मेटालाई नेपालमा दर्ता हुन आग्रहसहित पटक पटक सूचना जारी गरे पनि नमानेको जानकारी गराउँदै उनले अबको ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिए ।

‘तीन पटक भयो । म आउने बित्तिकै सूचना जारी गरे, त्यसपछि फेरि सूचना जारी गरे । तेस्रो पटक फेरि सूचना जारी गरे, अस्ति भर्खर म्याद सकियो,’ सञ्चारमन्त्री गुरुङले भने, ‘अब ७ दिनभन्दा बढी दिन्न मैले । यसबीचमा हामीले उनीहरूलाई खोज्दै हिड्यौं । देशभन्दा ठूलो रे उनीहरू । उनीहरूको घमण्ड के रैछ भने नेपालको जीडीपी कति हुन्छ र ? इत्ति । हाम्रो संस्था भन्दा धेरै सानो हो नेपाल त भन्दो रैछ । मुलुकको स्वाधीनता पैसामा जोडिँदैन ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार