काठमाडौंका अस्पतालमा आकस्किमबाहेक सबै सेवा ठप्प-Sutra News

काठमाडौंका अस्पतालमा आकस्किमबाहेक सबै सेवा ठप्प

शुक्रबार, १२ बैशाख २०८२

शुक्रबार, १२ बैशाख २०८२

काठमाडौं । काठमाडौं उपत्यकाका अस्पतालमा आकस्मिकबाहेक सेवा प्रभावित भएको छ।



न्यूनतम पारिश्रमकको माग गर्दै चिकित्सकहरूले आन्दोलन गर्दा आकस्मिकबाहेक सेवा बन्द छ। निजी मेडिकल कलेजका आवासीय चिकित्सकहरूलाई सरकारीसरह तलबभत्ताको माग गर्दै आन्दोलन भइरहेको छ। नेपाल चिकित्सक संघले बिहीबार नै विज्ञप्ति निकालेर आकस्मिक र सघन उपचारजस्ता अत्यावश्यकबाहेक अन्य सेवामा सहभागी नहुन चिकित्सकहरूलाई आग्रह गरेको थियो।

सोहीअनुसार आकस्मिक सेवा मात्रै सञ्चालनमा छ भने अन्य सेवा अवरूद्ध हुँदा बिरामी मर्कामा परेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार